प्रदेश ५ को राजधानी बनाउने ठाउँमा घरजग्गाको किनबेचमा रोक



बुटवल । प्रदेश ५ को सरकारले राजधानी बनाउने निर्णय गरेको ठाउँमा घरजग्गाको किनबेचमा रोक लगाएको छ । प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले राजधानी बनाउने क्षेत्रमा घरजग्गाको किनबेचमा रोक लगाउने निर्णय गरेको हो ।

प्रदेश ५ को सरकारले प्रदेशको नाम लुम्बिनी बनाउने र राजधानी दाङको भालुवाङलाई बनाउने निर्णय गरेको छ । प्रदेश ५ को राजधानीमा अर्घाखाँचीको शीतगंगा नगरपालिका समेत समेटिएको छ ।

प्रदेश ५ सरकारले दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले गरेको प्रदेशको नामाकरण र राजधानीको टुंगो प्रदेशसभाले लगाउने छ ।


क्लिकमान्डु