अब लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब उपत्यकामा लकडाउन नहुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब फेरी पनि लकडाउन नहुने बताएका हुन । भेटमा एनबीआईका अधिकारीहरुले उद्योग व्यवसाय धरासायी भएको भन्दै लकडाउन नगर्न सुझाव दिएका थिए । सोही भेटमा मन्त्री ढकालले सरकार अब पनि लकडाउन गर्ने पक्षमा नरहेको बताएका हुन् ।

‘लकडाउनको विषयमा आएको समाचारमा सत्यता छैन, मन्त्री ढकालले भने ‘सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा छैन ।’

सिमित स्रोत र साधनका बाबजुद सरकारले अधिकतम सेवा पुर्याउन प्रयासरत रहेको भन्दै आम नागरिकले निर्धारित मापदण्डको पालना गर्न मन्त्री ढकालले सबैलाई आग्रह गरेका छन् ।


क्लिकमान्डु