युवराज खतिवडा अमेरिकाको राजदूतमा सिफारिस, मुख्यसचिव रेग्मी बेलायतको राजदूत



काठमाडौं । मन्त्रीपरिषद्को बैठकले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई नेपालको लागि अमेरिकाको राजदूत बनाएर पठाउने भएको छ । बिहीबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकर्ले खतिवडालाई अमेरिकाको राजदूत बनाएर पठाउने निर्णय गरेको हो ।

राष्ट्रियसभामा कार्यकाल नथपिएपछि खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएका थिए । खतिवडा सार्वजनिक लाभको पद धेरै पाउने व्यक्तिमा परेका छन् ।

राष्ट्र बैंकको गभर्नर,दुई पटक योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्री, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै खतिवडा अमेरिकाको राजदूत बन्ने भएका हुन् ।

यस्तै मन्त्रीपरिषद्ले अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाएको छ । यसले निजामति प्रशासनमा भने ठूलो फेरबदल ल्याएको छ । रेग्मी बेलायतको राजदूत बनाएसँगै मुख्यसचिवको जिम्मेवारी परराष्ट्र सचिव शंकरदास बैरागीले पाएका छन् ।


क्लिकमान्डु