अशोक लेलैण्ड र एनएमबि बैंकबिच सम्झौता



काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरूले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरूलाई परिपत्र तथा सहुलियत पूर्ण कर्जाहरू लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ ।

यस्तै, बैंकको नीति अनुसार ग्राहकहरूलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डोस्ट मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरूलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरूले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा ब्रान्ड अवेरनेसका लागि विभिन्न कार्यक्रमहरूमा सहभागीता भई अघि बढ्ने कुरामा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एलसीभी सेग्मेन्टअन्तर्गत डोस्ट मोडलका सवारी साधनहरू विभिन्न एप्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहोर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु