नेशनल हाइड्रोपावरको नाफा १४.५१ % ले बढ्यो, जगेडा कोष ऋणात्मक



काठमाडौं । गत आर्थिक वर्षमा नेशनल हाइड्रोपावर कम्पनीले १ करोड ४ लाख ९६ हजार ३७५ रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा हाईड्रोको नाफा १४.५१ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष कम्पनीले ९१ लाख ६५ हजार ६८६ रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा हाईड्रोपावर बिजुली बेचेर बढाएर ५ करोड ५७ लाख ८८ हजार २४८ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष हाईड्रोपावरले बिजुली बेचेर ५ करोड ३९ लाख ५५ हजार १०५ रुपैयाँ आर्जन गरेको छ ।

गत आवको अन्तिमसम्ममा १ अर्ब ३८ करोड ५९ लाख ११ हजार २ सय रुपैयाँ चुक्ता पुँजी रहेको हाईड्रोको जगेडा कोष ३५ करोड ७ लाख ३५ हजार ५७९ रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ६९ पैसा रहेको छ । नेशनलको अन्तिम सेयर मूल्य ८७ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु