काठमाडौं । लक डाउन र निषेधाज्ञाले नेपालमा मोबाइलको आयात बढाएको छ । कोरोनाका कारण चौतर्फी रुपमा व्यवपार व्यवसाय तथा मानविय आवतजावत सुस्ताउँदा मोबाइलको व्यापार व्यवसाय भने बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यसबीचमा अनलाइन कक्षाको लागि स्मार्टफोनको माग बढेसँगै मोबाइल आयात बढेको हो ।
विभागको तथ्यांकअनुसार नेपालमा २ महिनामै ९ अर्ब २७ करोड रुपैयाँ बढीको मोबाइल, टेलिफोनका साथै विभिन्न प्रकारका मोबाइल एसेसिरिज आयात भएको छ ।
नेपालमा १०५ वटा देशबाट १२ सय ३३३ प्रकारका वस्तु तथा सामानहरु आयात गरिन्छ । जसमा चालु आर्थिक वर्षको साउन र भदौमा नै नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तु तथा सामानहरुमा मोबाइल रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यसअघि नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तुको सुचीमा डिजेल तथा पेट्रोलियम पदार्थ हुने गरेको थियो । चालु आवको २ महिनामा मोवाइल आयातले डिजेलभन्दा बढी भएको छ । सो अवधिमा ५ अर्ब ५ करोड ५७ लाख ६४ हजार रुपैयाँ बराबरको डिजेल आयात हुँदा मोबाइल फोन ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको भएको छ ।
नेपालले मोबाइल फोन मात्र चीन, भारत, भियतमान लगायतका २२ वटा देशहरुबाट आयात गर्दै आएको छ । आयातित मोबाइलमध्ये सबैभन्दा बढी चीनबाट ५ अर्ब १२ करोड ३८ लाख रुपैयाँ बराबरका ८ लाख ५ हजार ९४७ वटा चाइनिज मोवाइल सेट नेपाल भित्रिएको छ ।
यस्तै, सो अवधिमा भारतबाट २ अर्ब ५४ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरका १ लाख ७६ हजार ५ सय १ वटा मोबाइल सेट आयात भएको छ । साथै, भियतनामबाट २६ करोड २५ लाख १९ हजार रुपैयाँ बराबरको १२ हजार ६५४ वटा मोबाइल सेट आयात भएको भन्सार विभागले जनाएको छ ।
कुन देशबाट कति मोबाइल आयात ?
प्रतिक्रिया