तीन सातापछि रसुवागढी नाकाबाट भित्रियो कन्टेनर, अब सहज आपूर्ति हुने अपेक्षा



काठमाडौं । चीनले एकतर्फी रुपमा तीनसातादेखि रोकेको आयात बिहीबारदेखि खुलेको छ ।

रसुवागढी नाकाबाट बिहीबार विद्युत्का सामाग्री बोकेको कन्टेनर नेपाल प्रवेश गरेको छ ।

नेपालमा कोभिड १९ देखिएको भन्दै चीनबाट रसुवागढी नाका हुँदै प्रवेश गरेका कन्टेनर नाकामा नै रोकिएका थिए ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्डबिक्रम खड्काले बिहीबारदेखि चीनबाट सामान नेपाल तर्फ भित्रिएको जानकारी दिए ।

‘अबदेखि सहज रुपमा कन्टेनर नेपाल भित्रने छ,मौसमले साथ दिएमा अहिले यहा रहेका कन्टेनरहरु योसाताभित्रमा काठमाडौं आइपुग्नेछन्,’खड्काले क्लिकमाण्डूसँग भने ।

नेपालको उत्तरतर्फको व्यापारको लागि अहिले रसुवागढी नाका मात्र प्रयोग भइरहेको छ । तातोपानी नाकामा भने संचालनमा आउने सहमति भएपनि खासै सामान आएको छैन ।
सरकारले चीनसँगको नाका सहज गर्नको लागि वाणिज्य मन्त्रालय तह र स्थानीय रुपमा नै वार्ता गरिरहेको थियो ।

चीनले नाका नखोल्दा नेपाल चीन नाकामा २० अर्ब रुपैयाँभन्दा बढीको सामान अलपत्र परेको थियो ।

केरुङ नाका भदौ १६ देखि बन्द रहेको छ भने तातोपानी नाका असार २५ देखि बन्द रहेको थियो ।

वाणिज्य मन्त्रालयले केरुङ नाका बिहीबारदेखि खुलेसँगै तातोपानी नाका समेत छिटो नै संचालनमा आउने जनाएको छ ।


क्लिकमान्डु