सहकारीले लिने ब्याजदर घट्यो, १४.७५% भन्दा बढी लिन नपाउने



काठमाडौं । सहकारी संस्थाहरुले अधिकतम १४.७५ प्रतिशतसम्म ब्याजदर लिन पाउने भएका छन् ।

ब्याजदर निर्धारण तथा सिफारिस समितिले कार्तिक १५ गतेदेखि लागुहुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको हो ।

ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो ।

अघिल्लो वर्षको साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम थियो ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णय बमोजिम ब्याजदर पुनरावलोकन गरिएको हो ।


क्लिकमान्डु