विमानस्थल पुगेर मन्त्री भट्टराईको निर्देशनः स्वास्थ्य मापदण्डकाे प्रभावकारी पालना गर्नु



काठमाडौं । संक्कृति, पर्यनट तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण÷अनुगमन गरेका छन् ।

विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको कारण गत चैत दोस्रो सातादेखि बन्द आन्तरिक उडान सोमबारबाट पुन संचालनमा आएपछि मन्त्री भट्राई त्यहाँको वस्तुस्थिति अवलोकन गर्न विमानस्थल पुगेका हुन् ।

मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्वन्धी मापदण्डको पालना लगायतका कुराहरुको अवलोकन गरेका छन् । आवश्यक स्वास्थ्य मापदण्ड प्रभावकारी पालना गर्न नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

मन्त्री भट्राई पर्यटन मन्त्रालय अन्र्तगतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यालय पुगेर भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरुको समेत अवलोकन गरेका छन् ।

विमानस्थलको काम करिव ९२ प्रतिशत सकिएको छ । आगामी डिसेम्बरसम्म सबै काम सम्पन्न गरि मार्चबाट संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।

उक्त विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी छ । यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने, त्यसको लागि कोरोनाका कारण जनशक्ति ल्याउन ढिलाई भइरहेको छ ।


क्लिकमान्डु