अनअराभइल भिसा दिनेबारे सकारात्मक छौंः पर्यटनमन्त्री योगेश भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढीको घाटा भएकाले पुनरुत्थान चुनौतिपूर्ण रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले आइतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई खुला गर्ने सम्बन्धी भर्चुअल अन्तरक्रियामा मन्त्री भट्टराईले कार्यक्रममा सावधानीपूर्वक पर्यटकीय गतिविधी खुला गर्न सबै पक्षको सहकार्य आवश्यक भएको बताए ।

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडान नियमित गर्दै लैजाने र बोर्डिङ पास लिनुभन्दा अघि ७२ घण्टाभित्रको पीसीआर टेस्ट नेगेटिभ भएको रिपोर्ट लिएर आउनेलाई रोक नभएको समेत स्पष्ट पारे ।

उनले अब पर्यटन सेवा शुरु हुँदा अनअराइभल भिसा दिने कुरामा सकारात्मक रहेको पनि मन्त्री भट्टराईले उल्लेख गरे । मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुनस्र्थापनाका प्याकेज कार्यान्वयनमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकमा मन्त्रालयको तर्फबाट निरन्तर फलोअप गरिरहेको पनि जानकारी दिए ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले पर्यटन व्यवसाय र हवाई उडान शुरु गर्नुको विकल्प नभएको बताए ।

परिसंघका राष्ट्रिय परिषद् सदस्य सुधिर मित्तलले पर्यटन क्षेत्रका विज्ञ तथा संघसंस्थाका अध्यक्षहरुले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित गरिनु पर्ने र उडानहरुलाई अकस्मात रद्द गर्ने निर्णय लिन नहुने बताए ।


क्लिकमान्डु