आन्तरिक उडान भोलिबाट शुरु, यात्रुहरुले यस्ता उपाय अपनाउनुपर्छ (भिडियो सहित)



झण्डै ६ महिनाको बन्दाबन्दीपछि आन्तरिकतर्फका निजी वायुसेवा कम्पनीहरु भोलिदेखि उडान भर्न लागेका छन् । विगतको तुलनामा अहिले २५ प्रतिशत मात्रै उडान हुनेछन् ।

सुरक्षित, संक्रमणरहित उडानका लागि बुध्द एयरले निकै अगाडीदेखि तयारी र पूर्वअभ्यास गर्दै आएको छ । यसका लागि सम्पूर्ण कर्मचारीलाई संक्रमणरहित उडान सेवाका लागि तालिम तथा आवश्यक पिपिई उपलब्ध गराईसकेको छ ।

बुध्द एयरले आज एक भिडियो जारी गर्दै यात्रुहरुले विमानस्थल तथा उडानका बेला के कस्ता सुरक्षित उपायहरु अपनाउने उदाहरणसहित देखाएको छ । यसले यात्रुलाई हवाईयात्रा सुरक्षित र संक्रमणरहित हुने र यात्रा गर्न उर्जा थपिने पनि आशा गरेको छ ।

कोभिडसँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध लगाएको छ । विमानस्थलमा यात्रुको दोहरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दुरी, विमान चढ्नु अगावै ह्याण्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले पोखराका लागि रु. ५,९९९ र चितवनका लागि रु. ७,९९९ को होलिडे प्याकेजहरु पनि ल्याएको छ । दुई रात तीन दिनको यस प्याकेजमा दुईतर्फि हवाई टिकट, तारे होटलको बसाई, बिहानको खाजा तथा एयरपोर्ट पिकअपड्रप समावेश रहेको छ ।


क्लिकमान्डु