युएइलाई नेपालको पर्यटन, हवाई क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रसंसा गर्दै आउँदो दिनमा सहकार्य जारी राख्न अनुरोध गरे ।

राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गरेका छन् । भेटमा मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराउने बताए ।


क्लिकमान्डु