कोरोना भाइरसको कारण अन्नपूर्ण केवलकारको लागत ५० करोड बढ्यो



कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लक डाउनका कारण पोखराको फेवाताल किनार सेबगरबाट साराङकोट जोड्ने केलकबार निर्माणको काम लम्बिएको छ ।

बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केवलकार निर्माणको काम लक डाउनका कारण पछि धकेलिएको हो । केवलकारबाट मनमोहक दृश्य सहित बिहानीको सराङङकोटको सूर्योदय देख्न पाईने भएकोले पर्यटकहरुको आकर्षण केन्द्र बन्ने दावी निर्माण कम्पनीको छ ।

लकडाउनका कारण जापानबाट आउनुपर्ने प्राविधिक टोली नआएका कारण केवलकारको केही काम रोकिएको अन्न्पुर्ण केवलकारका सुपरभाइजर अरुण कोइरालाले बताए ।

केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । ३६ वटा गण्डोला राख्ने डिजाईन भएपनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुनेछ । सुरुमा १ अर्वमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि समयमै काम सम्पन्न नहुँदा निर्माण लागत बढेर डेढ अर्व पुग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु