ग्रामीण पर्यटन विकासका लागि पर्यटन गाउँ निर्माण गरिने, यस्तो छ कार्यविधि



काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ग्रामीण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने भएको छ । मन्त्रालयले ग्रामीण क्षेत्र विकास गर्ने उद्देश्यले पर्यटन गाउँ छनोट विकास तथा व्यवस्थापन सम्बन्धि कार्यविधि सार्वजनिक गरेको छ ।

मन्त्रालयले कार्यविधिमा गाउँलाई वर्गीकरण समेत गरेको छ । जसमा प्राकृतिक पर्यटन गाउँ, सास्कृतिक पर्यटन गाउँ, मानव निर्मित पर्यटन गाउँ, मिश्रिम पर्यटन गाउँका रुपमा वर्गीकरण समेत गरेको छ ।

नेपालमा ग्रामीण क्षेत्रमा पर्यटनका क्रियाकलापका रुपमा ट्रेकिङ, जंगल सफारी, साहसिक पर्यटन, जंगली जनावर तथा चरा अवलोकन, प्राकृतिक रमणीय दृश्यावलोकन, स्थानीय सस्कृतिको अवलोकन, अध्ययन जस्ता प्राकृतिक, कृषि तथा घरेलु उद्यम, खानपान, ग्रामीण जीवनशैली, सस्कृति, भाषा, भेषभुषा, सीप र परम्परा जस्ता उद्यम तथा सास्कृतिक विविधतामा आधारित पर्यटनको लाभ स्थानीय तहसम्म पुर्याउन नमूना पर्यटन गाउँको छनोट विकास तथा व्यवस्थापन सम्बनधमा मन्त्रालयले उक्त कार्यविधि स्वीकृत गरेको हो ।

कार्यविधिमा पर्यटन गाउँ छनोटको आधारमा मूलवस्तु, सहयोगी वस्तु र पुरक वस्तुलाई मापदण्ड बनाएको उल्लेख छ । जस अनुसार कुनै पनि गाउँले पर्यटन गाउँका रुपमा विकास गर्नका लागि प्रस्ताव पेश गर्नुपर्नेछ ।

त्यसरी प्रस्ताव भइ आएका आवेदनहरुलाई मूल्यांकनका आधारमा स्तर वर्गीकरण गरी पर्यटन गाउँको मान्यता दिइनेछ । त्यउसपछि मूल्यांकन समिति, प्रदेश गाउँ सिफारिस र प्रदेश मन्त्रालयका लागि पर्यटन गाउँ छनोटका सूचक हेरिनेछ ।

पर्यटन गाउँ स्वीकृत भइसकेपछि मन्त्रालयले सम्बन्धित पालिका र प्रदेशको समन्वयमा गुरुयोजना तर्जुमा गर्नेछ ।

यस्तो छ कार्यविधि


क्लिकमान्डु