कोरोनाका कारण विश्व पर्यटनमा ४५० बिलियन डलरको घाटा, बिस्तारै खुल्दैछन् केही गन्तव्यहरु



कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय पर्यटकको संख्या सन् २०२० को मध्यसम्ममा ६५ प्रतिशतले कमी आएको छ ।

वर्ल्ड टुरिजम अर्गनाइजेसनले तयार पारेको रिपोर्टमा अन्तर्राष्ट्रिय पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा जुन महिनासम्म ९३ प्रतिशतले घटेको छ ।

अर्गनाइजेसनले तयार पारेको रिपोर्टमा २०२० को आधासम्ममा यो संख्या ६५ प्रतिशतमा आएको छ ।

तर पछिल्लो समयमा भने विश्वका केही गन्तव्यहरु भने बिस्तारै खुल्न थालेका छन् । जसले गर्दा बिस्तारै अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढ्न थालेको छ ।

सन् २०२० को सेप्टेम्बरसम्ममा आइपुग्दा ५३ प्रतिशत गन्तव्यहरुले प्रतिबन्ध फुकुवा गरिसकेका छन् । यसअघि विश्वका कैयन देशहरुले लकडाउन गरेका कारण पर्यटकको आगमन ठप्प भएको थियो ।

वर्ल्ड टुरिजम अर्गनाइजेसनले गरेको अध्ययन अनुसार पर्यटक आगमनमा कमी आउँदा जनवरीदेखि जुन महिनासम्ममा मात्रै ४४० मिलियन पर्यटकको संख्यामा कमी आउँदा यसले ४५० बिलियन अमेरिकी डलर घाटा भएको छ । यो सन् २००९ को तुलनामा ५ गुणा बढी घाटा हो । तत्कालिन समयमा विश्वमा आर्थिक मन्दी आउँदा पर्यटक आगमनमा कमी आएको थियो ।

तर पछिल्लो समयमा भने सुरक्षित अन्तर्राष्ट्रिय गन्तव्य खुल्न भने थालेका छन् । जसले गर्दा पर्यटन क्षेत्रले पुनः गति लिने धेरैको अपेक्षा छ ।

अन्तर्राष्ट्रिय पर्यटकमा परेको असरमध्ये सबैभन्दा ठूलो असर युरोपमा परेको छ । जहाँ पर्यटक आगमन ६६ प्रतिशतले कमी आएको छ । त्यसैगरी अमेरिकामा ५५ प्रतिशत नकारात्मक भएको छ भने । अफ्रिका र मध्य एसियामा पनि ५७ प्रतिशतले तथ्यांक नकारात्मक भएको छ ।

त्यसैगरी एसिया एन्ड प्यासिफिक क्षेत्रमा ७२ प्रतिशतले पर्यटक आगमन पछिल्लो ५ महिनामा कमी आएको छ ।


क्लिकमान्डु