पर्यटन बोर्डको फोटो प्रतियोगिताः चाडपर्वका फोटो पठाएर १० हजार जित्ने अवसर



काठमाडौं । नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । चाडपर्वको समयमा केही सकारात्मकता र केही सृजनशीलताका लागि बोर्डले चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिने बोर्डले जनाएको छ ।

सहभागीहरुले आगामी मंसिर १० सम्म फोटोहरु पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले ‘विगतका फोटो प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताए ।

सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सातवटा भिन्नाभिन्नै फोटोहरु पठाउन पर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत बनाउने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो ।

फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो । बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तर रुपमा भइरहेको छ ।

यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्ने र प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

सहभागीता सम्बन्धमा जानकारी यो लिंकमा  छ ।


क्लिकमान्डु