विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला



काठमाडौं । कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नपछि हटेको सरकारले मंगलबार नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मोरी लेखनाथ कोइरालालाई दिएको छ ।

कोइराला प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यही भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरी आज बिदाई भएका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत कोइरालालाई नै यसअघि पटक पटक निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएका थिए ।

वरिष्ठतालाई समेत ख्याल गरेर आज मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

उनलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि प्राधिकरणको दैनिक काम काज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो ।


क्लिकमान्डु