होटल, रेष्टुराँ र ट्राभल व्यवसाय असोज १ गतेदेखि खोल्ने सरकारको निर्णय



काठमाडौं । सरकारले असोज १ गतेदेखि होटल, रेष्टुराँ तथा ट्राभल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी होटल, रेष्टुराँ तथा ट्राभल व्यवसाय सञ्चालन गर्न पाइनेछ ।

उनीहरुले स्वास्थ्य सुरक्षामा मापदण्ड पालना गरे वा नगरेको अनुगमन पर्यटन मन्त्रालयले गर्ने ज्ञवालीले जानकारी दिए ।


क्लिकमान्डु