हिमाल आरोहण र पदयात्रा गर्न आउने पर्यटकका लागि अनुमति दिने सरकारको निर्णय



काठमाडौं । सरकारले हिमाल आरोहरण र पदयात्रा गर्न आउने विदेशी पर्यटकलाई अनुमति दिने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिए ।

उनका अनुसार त्यस्ता पर्यटकहरुले विमान चढ्नु अघि बढीमा ७२ घण्टा पहिलेको आरटी पीसीआर नेगेभिट आएको रिपोर्ट पेश गर्नुपर्नेछ । त्यो नभएको अवस्थामा विमानहरुले पनि यात्रु ल्याउनु पाउने छैनन् ।

त्यस्ता पर्यटकहरुले कात्तिक १ गतेदेखि अनुमति पाउने छन् । यस सम्बन्धमा आवश्यक भिसाको काम विदेशस्थित नियोगले गर्नेछन् ।

यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।


क्लिकमान्डु