आन्तरिक हवाई उडान असोज १ गतेदेखि खुल्ने



काठमाडौं । लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान असोज १ गतेदेखि सञ्चालन हुने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिए ।

उनका अनुसार आन्तरिक उडान सञ्चालन गर्दा बढीमा ५० प्रतिशत सिट क्षमतामा यात्रु राख्न पाइनेछ । भौतिक दूरी कायम गरी एक पंक्तिमा एक सिटमा मात्रै यात्रु राख्न पाइनेछ ।

मास्क र भाइजर अनिवार्य गरिएको छ भने विमानको ढोकामा अनिवार्यरुपमा सेनिटाइजर राख्नु पर्ने छ । यससम्बन्धि हवाई भाडा भने पर्यटन मन्त्रालयले तय गर्नेछ ।

यसको अनुगमनको काम नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।


क्लिकमान्डु