आन्तरिक उडान असोज ५ गतेदेखि खुल्ने, सार्वजनिक यातायात पनि चल्ने



काठमाडौं । सरकारले आन्तरिक उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लामो समयदेखि बन्द रहेको आन्तरिक उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले क्लिकमाण्डूलाई जानकारी दिए ।

बैठकले सार्वजनिक यातायात पनि असोज ५ गतेदेखि नै शुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान र लामो तथा छोटो दुरीका सवारी साधन खुला गर्ने निर्णय भएको हो ।

सरकारले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आन्तरिक उडान चैत ११ गतेदेखि र लामो दुरीको सार्वजनिक यातायातमा चत्रै १० गतेदेखि रोक लगाएको थियो ।

 

 


क्लिकमान्डु