अन्तर्राष्ट्रिय उडानको संख्या बढाइँदै, दैनिक ८०० यात्रुको संख्यालाई ३००० पुर्‍याउन पर्यटनमन्त्रीको प्रस्ताव



काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउने तयारी गरेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडानको संख्यालाई बढाउनका लागि प्रस्ताव पठाएको जानकारी दिए ।

‘हाल दैनिक सीमित अन्तर्राष्ट्रिय उडानबाट दैनिक ८ जना यात्रु ल्याउने पाउने व्यवस्था छ, उक्त संख्यालाई बढाएरअब ३ हजार यात्रुसम्म पुर्‍याउने गरी प्रस्ताव पठाएको छु,’ उनले भने ।

मन्त्री भट्टराईका अनुसार अहिले विदेशबाट नेपाली नागरिक र कुटनीतिज्ञहरु मात्रै आउन पाउने व्यवस्थालाई समेत परिवर्तन गरी पीसीआरको नेगेटिभ रिपोर्ट ल्याउने विदेशी पर्यटक ल्याउने गरी प्रस्ताव सीसीएमसीमा पठाइएको छ ।

‘विदेशबाट आउनेको हकमा अहिले कुटनीतिक र नेपालीहरु मात्रै छन् । तर अब विदेशीहरुलाई पनी ल्याउनु पर्ने अवस्था छ । भैरहवालगायतका विमानस्थलमा काम गर्ने विदेशी कामदार ल्याउनु पर्ने छ भने पर्यटक पनि बिस्तारै ल्याउनु पर्ने छ,’ उनले भने ।

उनले तत्कालका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी हिमाल आरोहरण र पदयात्राका लागि आउने पर्यटकलाई समेत अनुमति दिने प्रस्ताव अगाडि बढाइएको उनले जानकारी दिए ।


क्लिकमान्डु