हिमालय एअरलाइन्सले पायो आईएसओ ९००१-२०१५ मान्यता



काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस)सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्राप्त गरेको छ ।

यस प्रमाणीकरणले हिमालय एअरलाइन्सकोे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जीनियरिङ सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गर्ने कम्पनीको दाबी छ ।

आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ)द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यताप्राप्त गुणस्तरको स्तर हो । जसले एक प्रभावकारी गुणस्तर प्रणाली मार्फत उत्पादन र सेवाहरुले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न सुनिश्चित गर्दछ ।

हिमालय एअरलाइन्स्को आईएसओ ९००१–२०१५ मान्यतामा काम गर्ने प्रतिबद्धताले ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरु निरन्तर प्रदान गर्न सक्ने क्षमतालाई प्रदर्शन गर्दछ ।

आईएसओ ९००१–२०१५ अनुरुप बन्न एअरलाइन्स्ले व्यापक कम्पनी अडिटलाई अंगिकार गरेकोे छ जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मुल्याङ्कन र नन् – कन्फर्मेन्सको निकासी समावेश थियो ।

‘हिमालय एयरलाइन्सको उपलब्धी हो जसले ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गरेको छ,’ हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने ।

उनका अनुसार आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तमा आधारित भई निर्मित छ । जसमा ग्राहकहरुलाई केन्दित गरी सेवा पुर्याउने, उच्चस्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ ।

प्रमाणीकरण पश्चात, एअरलाइन्स्ले हालसालै गत महिना मलेशियन एअरलाइन्स् बरहाड (एमएच)सँग सम्झौता गरेको छ ।

मलेशियन एअरलाइन्स एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित रहेको छ ।

यस सहकार्यको साथ अब हिमालय एअरलाइन्स् लाइन स्टेशन स्थापनाका लागि सुसज्जित भएको छ र वर्कशप क्षमताको वृद्धि सँगै अन्य एअरलाइन्स्बाट आय आर्जन गर्न इन्जीनियरिङ्ग व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिनेछ ।


क्लिकमान्डु