यी हुन शनिबार काठमाडौंमा बिजुली जाने ठाँउ



काठमाडौं । शनिबार काठमाडौंका केही ठाउँमा बिजुली आप्रवाह बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बालाजू वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली हुने छैन ।

बनस्थली, गंगाहल, माछापोखरी, बालाजू बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाल विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । तोकिएको समय अघि नै काम सकिएमा तुरुन्त बिद्युत आपूर्ति सुचारु गरिने रेग्मीले बताए ।


क्लिकमान्डु