विद्युत् प्राधिकरणले काट्यो काठमाडौँका यी स्थानमा विजुली



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार दिउँसो ३ बजेसम्मका लागि काठमाडौंका विभिन्न स्थानमा विद्युत् काटेको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतको टेकु ताहाचल फिडरको टेकु सवस्टेशनदेखि विष्णुमति खोलासम्मको एचटी लाइनको कन्डक्टर बदली गर्नका लागि विद्युत् लाइन काटिएको हो ।

शुक्रबार बिहान ११ बजेदेखि काटिएको विद्युत् दिउँसो ३ बजेमात्रै आउने भएको छ ।

प्राधिकरणका अनुसार कालिमाटी, ताहाचल, टंकेश्वर, चमती, विजेश्व्री, डल्लुलगायतका क्षेत्रमा विद्युत् काटिनेछ ।

प्राधिकरणले तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा त्यसअघि नै लाइन समेत आउन सक्ने जनाएको छ ।


क्लिकमान्डु