नेपाल एयरलाइन्सले तोक्यो विभिन्न देशका गन्तव्यका लागि नयाँ भाडादर



काठमाडौं । नेपाल एयरलाइन्सले विभिन्न देशका गन्तव्यका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै हवाई भाडा निकै महंगो भएको थियो ।

तर भदौ १७ गतेदेखि सीमित मात्रामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएसँगै एयरलाइन्सले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

अब नेपाल एयरलाइन्सले तोकेकै भाडादर अनुसार उक्त गन्तव्यबाट उडान गर्ने विदेशी एयरलाइन्सले पनि सोही भाडा अनुसार टिकट बिक्री गर्नुपर्नेछ ।

यसअघि सरकारले बुधबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत् विदेशी एयरलाइन्स कम्पनीहरुलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले तोकेको भाडादरभन्दा बढी भाडा नलिन निर्देशन दिइसकेको छ ।

बुधबार पर्यटन मन्त्रालयमा बसेको बैठकले बजेट एयरलाइन्सको हकमा भने नेपाल एयरलाइन्सले तोकेको भाडादरभन्दा केही कम गर्नुपर्नेछ । त्यसका साथै चार्टर्ड फ्लाइटको हकमा भने यसअघि निर्धारण गरिएको भाडामै उडान गर्नुपर्नेछ ।

यस्तो छ नेपाल एयरलाइन्सको नयाँ भाडादर


क्लिकमान्डु