नेपाल एयरलाइन्सकै भाडामा उडान भर्न विदेशी एयरलाइन्सलाई सरकारको निर्देशन



काठमाडौं । पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणमार्फत् विदेशी एयरलाइन्सलाई नेपाल एयरलाइन्सले लिने भाडामै उडान भर्न निर्देशन दिएको छ ।

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको उडान भएका गन्तव्यमा उडान गर्दा विदेशी वायुसेवाले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले तय गरेको भाडामै उडान गर्न पर्यटन मन्त्रालयले क्यानलाई निर्देशन दिएको हो ।

त्यसैगरी बजेट एयरलाइन्सको हकमा सो भाडादरभन्दा केही कम शुल्कमा उयडान गर्न निर्देशन दिएको छ ।

त्यसैगरी चार्टर्ड उडानको हकमा साविकमा पर्यटन मन्त्रालयले स्वीकृत गरेको भाडादरभन्दा बढी नहुने गरी उडान गर्न वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

साथै गत अगस्ट २५ मा एयर अरेबियाको उडानबाट पीसीआर परीक्षण नराइ आएका १४२ जाको होटल क्वारेन्टि वापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन एयरअरेबियालाई सचेत गराउने निर्णय गरिएको छ ।


क्लिकमान्डु