कर चुक्ताको प्रमाणपत्र अब अनलाइनमार्फत घरमा बसेर हेर्न सकिने



काठमाडौ । कर चुक्ताको प्रमाणपत्र अब अनलाइन मार्फत हेर्न सकिने भएको छ ।

आन्तरिक राजस्व विभागले आफ्नो वेवसाइटलाई परिवर्तन गर्दै कुनैपनि कम्पनी तथा फर्मको कर चुक्ताको आधारिकता अनलाइन मार्फत हेर्न सकिने बनाएको हो ।

मंगलबारदेखि परिवर्तन भएको आन्तरिक राजस्व विभागको वेवसाइटमा कुनैपनि कम्पनी तथा फर्मको प्यान नम्बर राखेपछि कर चुक्ता भए नभएको जानकारी लिन सकिन्छ ।

यसको लागि सुरुमा आन्तरिक राजस्व विभागको वेवसाइटमा जानुपर्छ । त्यसको होमपेजमा नै स्यायी लेखा नम्बरको खोजी र कर चुक्ता खोजीको विवरण छ । त्यहा क्लिक गरेर स्थायी लेखा नम्बर राखेपछि कर चुक्ता प्रमाणपत्रको आधिकारिता जाँच गर्न सकिन्छ

पछिल्लो समय व्यवसायिक कारोबारमा कर चुक्ताको प्रमाणपत्र समेत अनिवार्य जस्तो भएको छ । कतिपय कम्पनी तथा फर्मले कारोबार गर्नको लागि नक्कली प्रमाणपत्र समेत बनाउने देखिएपछि यसको आधाकारिता जाँच गर्नको लागि विभागले अनलाइन मार्फत जाँच गर्न सकिने व्यवस्था लागु गरेको हो ।

यसअघि आन्तरिक राजस्व विभागले २० लाखसम्मको कारोबारको कर चुक्ता अनलाइन मार्फत लिन सकिने व्यवस्था लागु गरेको थियो ।
यस्तै विभाग अन्तर्गत रहेका कर कार्यालयको समेत छुट्टै वेव पोर्टल समेत संचालनमा आएको छ ।


क्लिकमान्डु