अब विदेशबाट दैनिक ८ सय नागरिक ल्याउन पाइने



काठमाडौं । सरकारले नियमित अन्तर्राष्ट्रिय उडानमार्फत संख्या संशोधन गर्दै अब ८ सय जना व्यक्ति ल्याउन मिल्ने निर्णय गरेको छ । यसअघि दैनिक ५ सय जना मात्रै नागरिक ल्याउन पाउने निर्णयमा संशोधन गर्दै ८ सय जनासम्म ल्याउन पाउने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाकाले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जवाफदेहीताको आधारमा उडान संख्या यात्रुका व्यावस्थापन क्वारिन्टन र आइसोलियसनको उपलव्धताको सुनिश्चिताको आधारमा दैनिक आगमन यात्रु ८ सय नबढ्ने गरी उडान सहजीकरण गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।

‘धेरै निकायबीच समन्वय गर्नुपर्ने भएकाले विगतका समयमा नै व्यवस्थापन गर्न नसक्दा उद्धार उडान रोक्नु पर्ने अवस्था आएकाले गर्दा पर्यटन मन्त्रालयले नै त्यो समन्वय गरेर कति यात्रु ल्याउने, कसरी व्यवस्थापन गरेर ल्याउन सकिन्छ भन्ने यकिन गरेर ८ सय जनासम्म ल्याउने सकिने गरि निर्णय भएको छ,’ उनले भने ।

सरकारले नेपाल आउन पारिवारिक, बाध्यतामा चाहने गैरआवासीय नेपाली (एनआरएन)का लागि पनि आउनको लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।

यसअघि अनुमति दिएका नागरिकको हकमा सरकारले थप गर्दै पारिवाकिर समस्याका कारण नेपाल आउनु पर्ने एनआरएन नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो ।

यसरी नेपाल आउनको लागि अनुमति भने सम्बन्धित देशमा रहेको नेपाली कूटनीतिक नियोगको सिफारिसमा समन्वय गर्ने जनाएको छ ।


क्लिकमान्डु