भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । अस्पतालमा भर्ना भइ उपचार गराइरहेका मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको हो ।
उनी गत १० अगस्टमा दिल्लीको आर्मी रिसर्च एन्ड रेफरल अस्पतालमा भर्ना भएका थिए । उनको हालसालै ब्रेनबाट क्लटिङ हटाउनका लागि आपतकालीन सर्जरी भएको थियो । त्यसपछि उनको अवस्था गम्भीर बनेको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।
मुखर्जीले सन् १९६९ देखि राजनीतिक यात्रा शुरु गरेका थिए । उनी कोरोना संक्रमित समेत थिए ।