नेपाल एयरलाइन्सले सार्वजनिक गर्यो विभिन्न देशको उडान तालिका



काठमाडौं । नेपाल एयरलाइन्सले विभिन्न देशका लागि उडान तालिका सार्वजनिक गरेको छ ।

सरकारले भदौ १६ गतेदखि केही देशहरुमा नियमित उडान शुरु गर्ने निर्णय गरेसँगै नेपाल वायुसेवा निगमले पनि सेप्टेम्बर महिनाको लागि नियमित उडान तालिका निर्धारण गरेको हो ।

जसन अनुसार निगमले सेप्टेम्बर २, १७ र ३० मा नारिता उडान गर्नेछ । त्यसैगरी सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८ मा दुवई उडान गर्नेछ भने क्वालालम्पुरमा सेप्टेम्बर ६, १३, २० र २७ मा उडान गर्नेछ । साथै हङकङमा सेप्टेम्बर ९ र २३ मा उडान गर्ने कार्यतालिका छ ।

त्यसैगरी नियमित उडान नहुने विभिन्न देशका निम्न गन्तव्यहरुका लागि सेप्टेम्बर महिनाको उद्धार उडान तालिका समेत सार्वजनिक गरिएको छ । जसमध्ये जेद्दामा सेप्टेम्बर ५, ११ र २७, दमाममा सेप्टेम्बर ७, कुबेतमा सेप्टेम्बर १४, दोहामा सेप्टेम्बर १५, २१, २२, २७ र २९ र रियादमा सेप्टेम्बर १९ मा उडान गर्ने तालिका छ ।


क्लिकमान्डु