समाज लघुवित्तको साधारण सेयर बाँडफाँड, ८ हजार ७० जना भाग्यमानी
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
उक्त आईपीओमा ८ हजार ७० जना लगानीकर्ताले १० कित्ता पाएका छन् । बाँकी लगानीकर्ताले भने सेयर पाउनबाट बञ्चित भएका छन् ।
बिक्री प्रबन्धक शिद्धार्थ क्यापिटलका अनुसार उक्त सेयरमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ९२८ जना लगानीकर्ताले आवेदन दिएका थिए । उनीहरुबाट १ करोड १४ लाख ७४ हजार ६८० जनाले आवेदन दिएका थिए ।
५ लाख ४७ हजार ३७० जना आवेदन सेयर पाउन योग्य देखिएका थिए । लघुवित्तले भदौ ४ देखि ८ गतेसम्म आइपिओ निश्काशन गरेको थियो ।
प्रतिकित्ता १०० रुपैयाँका दरले ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमा १ हजार कित्ता कर्मचारी, ४ हजार ३०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।
सर्वसाधारणले ८० हजार ७०० कित्ताका लागि बिक्री गरेको थियो । आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकले १ करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । समाजको आईपीओमा माग भन्दा १४८ गुणा बढी आवेदन परेको छ ।