लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड, १० कित्ता सबैलाई, गोलाप्रथाबाट कसले कति पाए ?
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म सेयर पाएका छन् ।
९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० र ४८ हजार २२१ जनाले ३० कित्ता सेयर पाएका छन् ।
बाँडफाँडमा गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्तासमेत गरी ४० कित्ता सेयर पाएका हुन् ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार १० देखि ३० कित्ता सेयरको लागि आवेदन दिने सबैले माग अनुसार नै पाएका छन् । क्यापिटलका अनुसार अधिकतम ४० कित्तासम्म पनि सेयर पाएका छन् ।
आइपीओमा १ लाख ८८ हजार ३७३ जनाले आवेदन कर्ताले दिएको आवेदनमा न्यूनतम १० देखि ४० कित्तासम्म सेयर पाएको क्यापिटलले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
आइपीओमा १ लाख ८८ हजार ४९९ जनाले आवेदन दिएका थिए ।