काठमाडौं । सरकारले आर्थिक वर्षको पहिलो महिना साउनमा ५८ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठाएको छ ।
सरकारी हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा ८६ अर्ब ५५ करोड रुपैयाँ राजस्व मार्फत उठेको छ । यस्तै २ अर्ब २५ करोड रुपैयाँ गैर कर राजस्व मार्फत उठेको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
भदौ ८ सम्म भने ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व उठेको छ । जसमा कर राजस्व वापत ६४ अर्ब ८२ करोड रुपैयाँ छ । यस्तै गैर कर राजस्व वापत २ अर्ब ३६ करोड रुपैयाँ छ ।
सरकारले अहिले खर्च नगरेको कारण सरकार भने बचतमा भएको देखिएको छ । आर्थिक वर्षको सुरुको महिना खासै खर्च हुँदैन । यसमा कोभिडको कारण विकास खर्च हुने सम्भावना कम नै छ । भदौ ८ गतेसम्मको तथ्यांक अनुसार ४ अर्ब ७६ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
प्रतिक्रिया