कोरोनाको जोखिम बढेको भन्दै वर्कशप भदौ १५ सम्म बन्द हुने



काठमाडौं । कोरोना भाइरसको जोखिम बढेको भन्दै सवारीसाधन मर्मत हुने वर्कशप १५ दिन बन्द हुने भएका छन् ।

नेपाल अटोमेकानिक्स संघले भदौ १५ सम्म बन्द गर्ने निर्णय लिएको छ ।

संघले भदौ १५ सम्म वर्कशप संचालन नगर्ने तथा अत्यावश्यक भएको बेलामा मात्र सवारी मर्मतको काम सुरक्षा उपाय अपनाएर गर्ने जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका बिरामी बढेका छन् ।


क्लिकमान्डु