अपाचेको आरटीआर २०० ४ भी बजारमा



काठमाडौं । टिभिएस मोटर्स कम्पनीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो नयाँ मोटरसाइकल अपाचे आरटीआर २००– ४भि सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्सले आइतबार अनलाइनमार्फत अपाचे आरटिआर २०० ४ भि बजारमा सार्वजनिक गरेको हो ।

अपाचे आरटिआर २०० ४ भि मोटरसाइकल नयाँ स्टाइल, अत्याधुनिक सुविधा र गज्जवको रेसिङ क्षमता भएको कम्पनीले जनाएको छ ।

यसैगरी जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवालले टिभिएसको ग्राहकलाई खुसी पार्ने र अरुको लागि एउटा आधार बन्ने दाबी गरे ।

‘जगदम्बा मोटर्समा हाम्रा मूल्यवान ग्राहकहरुका लागि नयाँ र आविष्कारी सामग्रीहरु ल्याउनमा पूर्णरुपमा प्रतिबद्ध रहेका छौं,’ उनले भने, ‘आपाचे आर २०० ४ भिको नयाँ २०२० संस्करण नयाँ सुविधाहरु, शैली प्रदर्शनको एक सर्वश्रेष्ठ संयोजन रहेको छ ।’

त्यस्तै, टिभिएस मोटर कम्पनीका कार्यकारी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख आर दिलिपले नेपालमा सुविधा सम्पन्न अपाचे आरटिआर २०० ४ भिको नयाँ २०२० संस्करण भित्र्याउन पाएकोमा खुसी व्यक्त गरे ।

‘यो मोटरसाइकल नेपालमा अपाचे मन पराउनेलाई खुसी बनाउने हाम्रो प्रतिबद्धताको एउटा प्रमाण रहने छ,’ उनले भने, ‘हामीले विश्वास लिएका छौं कि यसमा रहेको अत्याधुनिक सुविधाहरूले मोटरसाइकल कुदाउनमा एक नयाँ आयाम थप्नेछ ।’

यस्ता छन् विशेषता
कम्पनीका अनुसार टीभिएस आरटिआर २०० ४ को नयाँ मोडल मोटरसाइकलमा आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ ।

यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेसटे लिमेट्री, टर्न बाई टर्न नेभिगेसन, लीन एङ्गलमोड विशेषता रहेको छ । साथै, कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ । जसले गर्दा बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिनेछ ।

साथै, मोटसाइकल एबिएस विथ आरएलपि (रियरव्हील लिफ्ट अप्रोटेक्सन), फेदर टच स्टार्ट, रेडिएल टायर, एलइडि हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लच जस्था सुविधासमेत रहेका छन् ।

अपाचे आरटिआर २०० ४ भिको नयाँ संकरणमा १९७.७५ सिसिए कल सिलिण्डर, ४-स्ट्रोक, ४-भल्भ, ओएलकुल्ड इन्जिन मोटर रहेको छ । यसले ८५०० आरपिएममा २०.५ पिएस् र ७ हजार आरसपिममा १८.१ एनएम पावर उत्पादन गर्दछ । यो मोटरसाइकल दुई वटा रङमा साइनिङ कालो र पर्ल सेतो रंगमा नेपालमा उपलब्ध हुनेछ ।

आफ्नो ३७ वर्षको गौरवान्वित रेसिङ विरासतलाई कायम राख्नै टिभिएसले विश्वका ६० भन्दा ज्यादा मुलुकहरुमा झन्डै ३ करोड ३५ लाख ग्राहकलाई प्रविधि शक्ति, सहजता र स्टायलको मामलामा आफ्ना यसअघिको विभिन्न मोडलमार्फत सन्तुष्ट बनाउँदै आइरहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु