अन्तिम समयमा फर्कियो सेयर बजार, दोहोरो अंककोे सुधार
काठमाडौं । कारोबारको अन्तिम समयमा सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । कारोबारको सुरुमा बजारमा गिरावट आएपनि अन्तिम समयमा भने सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक १०.७५ अंकले बढेर १४०२.२१ बिन्दुमा रोकिएको छ ।
१८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता सेयर १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५९७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कोरोबारमा बैंकिङ ६.५९, होटल १४.१६, विकास बैंक ९.९४, निर्जीबन बीमा १६२.१३, उत्पादन तथा प्रशोधन १५.८२, जीवन बीमा १०६.२३ र माइक्रोफाइनान्स समूहको उपसूचक ७.६३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ७ करोड ८० लाख ४२ हजार ६४२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र नेको इन्स्यारेन्स रहेका छन् ।