पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मट्टितेलको मूल्य बढाएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँको दरले बढाएको निगमले जनाएको छ ।
काठमाडौंका लागि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०५ तोकेको छ भने डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य ९१ रुपैयाँ निगमले तोकेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।