गत वर्षको वित्तीय रिपोर्टले लगानीकर्ता निरास, सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । यतिबेला अधिकांश बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणमा कोरोनाको असर देखिएको छ ।

जसका कारण उनीहरुको लाभांश दिने क्षमता घटेको छ । नेपालको पुँजी बजारलाई डोर्याउने बैंकिङ क्षेत्रको नाफामा पनि ११ प्रतिशतको हाराहारीमा घटेको छ । त्यसको असर यो साताको पहिलो दिन आइतबारको कोबारमा देखिएको छ ।

यो दिनको कारोबारमा सबै उपसूहको सूचमा गिरावट देखिएको छ । आइतबार नेप्से मापन गर्ने सूचक १७.३३ अंकले घटेर १३९१.४६ बिन्दुमा रोकिएको छ । कारोबारमा लगानीकर्ताको १४ सय बिन्दुको मनोविज्ञान तोडिएको छ ।

कारोबारको सुरु देखि नै बजारमा गिरावट देखिएको थियो । त्यसको असर अन्तिम समयसम्म पनि देखियो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९८ अंकले घटेर २८८.८६ बिन्दुमा रोकिएको छ ।

१८५ कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर १ अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँ रहेको छ । बैंकिङ समूहको उपसूचक १९.३६, विकास बैंक ३२.२३, निर्जीवन बीमा ४९.१८, उतपादन तथा प्रशोधन ५८.११, माइक्रोफाइनान्स २९.२२, जीवन बीमा समूहको उपसूचक ७६.८७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको ७ करोड ४ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोेमा क्रमशः नेपाल लाइफ इन्स्यारेन्स र नेपाल बैंक रहेका छन् ।


क्लिकमान्डु