नाफामा मुक्तिनाथ विकास बैंकको प्रतिस्पर्धा वाणिज्य बैंकहरुसँग, लाभांश दिने क्षमता ११%



काठमाडौं । कोरोना कहरमा पनि मुक्तिनाथ विकास बैंक नम्बर वान नै रहन सफल भएको छ ।

कोरोनाको असर र राष्ट्र बैंकको नीतिका कारण आम्दानी उल्लेख्य मात्रामा घट्दा गत आर्थिक वर्षमा बैंकको नाफा पनि २४.०७ प्रतिशतले घटेको छ । तैपनि नाफा र लाभांश क्षमता भने वाणिज्य बैंकहरुकै हाराहारीमा छ ।

अघिल्लो आर्थिक वर्षमा ८५ करोड ६१ लाख ६६ हजार ४७९ रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक वर्षमा ६५ करोड ३८ हजार ३७६ रुपैयाँ नाफा कमाएको छ ।

बैंकको वितरणयोग्य नाफा ४७ करोड ३३ लाख ६३ हजार ३ सय ७८ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफाबाट लाभांश दिन सक्ने क्षमता १०.९४ प्रतिशत रहेको छ ।

खुद ब्याज आम्दानीमा सुधार आएपनि सञ्चालन नाफामा भने गिरावट आएको छ ।

बैंकले अघिल्लो आवमा १ अर्ब ८९ करोड ४७ लाख ७५ हजार ४३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवमा २ अर्ब २२ करोड ११ लाख ५ हजार ८६ रुपैयाँ आम्दानी गरेको छ । ्

यस्तै सञ्चालन नाफा १ अर्ब २१ करोड ८० लाख ५५ हजार ९५७ रुपैयाँबाट घटेर ९२ करोड १७ लाख ८ हजार ९९४ रुपैयाँमा झरेको छ ।

४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँ कूल चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९० करोड ४२ लाख ५८ हजार ९६६ रुपैयाँ रहेको छ ।

कूल ५७ अर्ब २९ करोड ५२ लाख २४ हजार ११८ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४७ अर्ब ६९ करोड ७ लाख ५० हजार ५९४ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.०७ प्रतिशतबाट बढेर ०.५३ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ २२ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८९ पैसा रहेको छ । बैंकको तरलता अनुपात २७.८३ प्रतिशत रहेको छ ।


क्लिकमान्डु