राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ४५ करोड, सरकारले १ अर्ब लैजाने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गतवर्ष ४ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ । कोभिडले गर्दा वाणिज्य बैंकको नाफा करिब ११ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा वाणिज्य बैंकको नाफा ५ अर्ब ४ करोड थियो ।

सर्वसाधारणलाई सेयर जारी नगरेको राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी लगानीको बैंक हो । यो आधारमा सरकारले वाणिज्य बैंकको नाफाबाट १ अर्ब ३ करोड रुपैयाँ मात्र लाभांश पाउने देखिन्छ ।

९ अर्ब चुक्ता पूँजी पूँजी भएको वाणिज्य बैंकको १३ अर्ब रुपैयाँ जगेडामा रहेको छ ।

वाणिज्य बैंकको असार मसान्तसम्ममा निक्षेप २ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा वाणिज्य बैंकमा १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप थियो ।

यस्तै वाणिज्य बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा वाणिज्य बैंकमा १ खर्ब ४२ अर्ब रुपैयाँ ऋण दिएको थियो ।

१२.६८ प्रतिशत पूँजीकोष अनुपात रहेको वाणिज्य बैंकको खराब कर्जा अनुपात(एनपीएल)४.०८ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकको एनपीएल घटेको देखिन्छ । अघिल्लो वर्ष वाणिज्य बैंकको एनपीएल ४.७९ प्रतिशत थियो ।

वाणिज्य बैंकको बेसरेट ५.८० प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा ०.३० प्रतिशतले वाणिज्य बैंकको बेसरेट बढेको छ । यस्तै वाणिज्य बैंकले ४.२६ प्रतिशत स्प्रेडदर कायम गरेको छ । जुन अघिल्लो वर्ष ४.४६ प्रतिशत थियो ।


क्लिकमान्डु