धितोपत्र बोर्डले थपेको समयमा नहुने भयो सेयर कारोबार, अब ४ घन्टा मै सीमित



काठमाडौं । नेपाल धितोपत्र बोर्डले चैतमा सेयर बजारको कारोबार अवधि नियमति समयबाट एक घण्टा बढाएर ५ घण्टा पुर्याएको थियो । थपिएको कारोबार अवधि बढाएको केही दिनमा नै कोरोनाका कारण चैत ११ पछि बजार बन्द भयो ९८ दिन बन्द भएर असार १५ गते यता दैनिक ४ घन्टा मात्रै कारोबार हुँदै आएको छ ।

नेप्सेको अनुसार अब थपिएको १ घन्टा कारोबार नहुने भएको छ । अर्थात दैनिक १०ः३० देखि ३ः३० बजेसम्म हुने कारोबारलाई थपेर ४ बजेसम्म पुर्याए पनि अब भने पुरानै अवस्थामा अर्थात ३ बजेसम्म मात्रै कारोबार हुने भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार कोरोनाको महामारी शुरु हुनुभन्दा अगाडि ४ बजेसम्म कारोबार हुने भनेपनि अब भने तीन बजेसम्म मात्रै कारोबार हुनेछ ।

लकडाउन हुनुअघि धितोपत्र बोर्डले दैनिक हुने कारोबारमा १ घन्टा बढाएर कारोबार गर्नु भनेर नेप्सेलाई निर्देशन दिएको थियो । त्यो समयमा बोर्डले दिएको निर्देशनमा दैनिक १ घन्टा कारोबार गरेर हेरौ त्यसलाई निरन्तरता दिन सकिन्छ की सकिदैन विश्लेषण गरौला भनेको थियो । लकडाउन पनि यो विषय नै बन्द भएको छ ।

समय थप्ने विषयमा नयाँ कानूनी व्यवस्था नबनेका कारण पुरानै व्यवस्थामा सेयर कारोबार हुने छ । पाँच घण्टाको कारोबारका लागि स्पष्ट नीति आवश्यक पर्ने उनको भनाइ छ ।

बोर्डले त्यो बेला ट्रायल गेरर हेरौं भनेकाले अब त्यो लागु नहुने भएको छ । अर्को व्यवस्था नभएसम्मको लागि पुरानै अवस्थामा फर्किएको बताए ।

लकडाउन हुनु अघि धितोपत्र बोर्डले दैनिक पाँच घण्टाको कारोबार गर्न निर्देशन दिएको थियो । लकडाउनपछि बजार खुल्दा नेप्सेले पुरानै अवस्थामा अर्थात् ११ देखि ३ बजेसम्म कारोबार गर्ने भनेको छ । अहिले त्यही व्यवस्था अनुसार कारोबार भइरहेको छ ।


क्लिकमान्डु