एसियन लाइफ इन्स्यारेन्सको नाफामा उल्लेख्य सुधार



काठमाडौं । एसियन लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १८ करोड १८ लाख ६३ हजार २८४ रुपैयाँ रहेको छ ।

यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७८.४२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा इन्स्यारेन्सको नाफा १० करोड १९ लाख २६ हजार ९७९ रुपैयाँ रहेको थियो ।

यो अवधिमा इन्स्यारेन्सको खुद बिमा शुल्क आर्जन बढेर ४ अर्ब ५४ करोड ८ लाख २३ हजार ७०३ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४ अर्ब २१ करोड ६३ लाख ५३ हजार ९२८ रुपैयाँ रहेको थियो ।

२ अर्ब १ करोड ७ लाख ६० हजार ७२७ रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५४ करोड ७० लाख ६५ हजार २९८ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड २ लाख ४७ हजार ५१७ रुपैयाँ रहेको छ । यता महाविपत्ति जगेडा कोषमा ६ करोड १२ लाख ५९ हजार ६३४ रुपैयाँ छुट्याएको छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २५ पैसा रहेको छ ।


क्लिकमान्डु