साउनको अन्तिम सोमबार सेयर बजारमा हरियाली



काठमाडौं । साउनको अन्तिम सोमबारको कारोबारमा सेयर बजारमा हरियाली छाएको छ ।

याे दिनकाे काराेबारमा धेरै लगानीकर्ता सेयर उठाउने तर्फ देखिएका छन् । जसले बजारमा सुधार ल्याएकाे छ ।

नेप्से मापन गर्ने सूचक ३७.७४ अंकले बढेर १४३०.४१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.६३ अंकले बढेर २९८.६४ बिन्दुमा रोकिएको छ ।

१८९ कम्पनीको ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३२.९३, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत २३.२३, निर्जीबन बीमा कम्पनी २८३.०८, उत्पादन तथा प्रशोधन ५४.८६, माइक्रोफाइनान्स७१.५७ र जीवन बीमा समूहको उपसूचक २२३.१५ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ९२ लाख ३ हजार ३३८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु