एनआईडिसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेजः नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनआईडिसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज गर्ने जनाएको छ ।

एनआईडिसि राष्ट्रिय वाणिज्य बैंकमा विलय भएपछि दुवैको एकिकृत कारोबार भएकोले उक्त धितोपत्रको सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।
एआईडिसिलाई वाणिज्य बैंकले प्राप्ति गर्ने समझदारी गरेपछि २०७४ भदौ १२ गतेदेखि कारोबार स्थगन गरिएको थियो ।

दुवै बैंकको एकिकृत कारोबार २०७५ वैशाख १९ गतेदेखि भएको थियो । हाल उक्त बैंक अस्तित्वमा नरहेकोले धितोपत्र सूचीकरण विनयिमावली अनुसार साउन २६ गरेको निर्णय अनुसार बैंकको धितोपत्र सूचएकरण खारेज भएको जनाएको छ ।


क्लिकमान्डु