नेप्सेको सिस्टममा गडबडी, कारोबार रकम र सेयर संख्या नै फरक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टममा गडबडी हुँदा कारोबार रकम र कारोबार भएको कित्तामा फरक देखिएको छ ।

नेप्सेले सूचना जारी गर्दै भए अनुसारको कारोबार रकम र सेयर संख्या नदेखाएको जनाएको छ । नेप्सेका अनुसार कति रकमको र कति कित्ता सेयर कारोबार भएको भन्ने बारे सम्बन्धित शाखाले हेरिरहेको छ । केही समयमा यो समस्या समाधान हुने नेप्सेले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजारमा १८६ कम्पनीको २३ लाख ३० हजार ८८० कित्ता सेयर ७७ करोड २९ लाख ९१ हजार १६३ रुपैयाँको कारोबार भएको देखाएको छ । यसको भेरिफाइ भइरहेको र भेरिफाइ भएपछि मात्रै आधिकारीक कारोबार रकम र संख्या थाहा हुने छ । याे समस्या दिउँसाे १ बजेर ३० मिनेट पछि सुरू भएकाे हाे ।


क्लिकमान्डु