सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक



 काठमाडौं । नेपालको लागि सुजुकी कारको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले लकडाउन खुकुलो गरेसँगै नयाँ अफर सार्वजनिक गरेको छ । सीजी मोटोकर्पले आज २६ साउनदेखि ३२ साउनसम्म शुरु हुनेगरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार उक्त योजना सुजुकीका बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएट ६ सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँबजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् ।

साथै, २५ प्रतिशतको डाउनपेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था गरेको कम्पनीले जनाएको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्युनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ ।

यो योजना ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु