बैंक अफ काठमाण्डूले ३ लाख १६ हजार बढी संस्थापक सेयर लिलामीमा बिक्री गर्दै



काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)ले ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक सेयर लिलामी गर्ने भएको छ । बैंकले बढाबढमासंस्थापक सेयर लिलामीमा बिक्री गरिने जनाएको हो ।

लिलामीमा संस्थापक सेयर बिक्री गर्न बैंकले भदौ १ गतेदेखि ८ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन आह्वान गरेको छ । बोलपत्र आवेदन एनएमबि क्यापिटलको कार्यालयमा दिनुपर्ने बैंकले जनाएको छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकको गुणांकमा नेपाल राष्ट्र बैंकले तोकेको प्रतिव्यक्ति र संस्था सीमाको अधिनमा रही आवेदन दिन सकिने जनाइएको छ ।

बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १ सय ४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकको गुणांकमा बोलपत्र पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु