अन्तिम समयमा सेयर बजारमा देखियाे उत्साह



काठमाडौं । साताको पहिलो दिन सेयर कारोबारको अन्तिम समयमा दोहोरो अंकको सुधार देखिएको छ ।

कारोबारको सुरुदेखी नै बजारमा गिरावट आएपनि अन्तिम समयमा भने सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४६ अंकले बढेर २९१.०२ बिन्दुमा रहेको छ ।

१८७ कम्पनीको ३२ लाख १२ हजार ३७९ कम्पनीको ९७ करोड ७८ लाख ९५ हजार ५२५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ७.९२, विकास बैंक ७.६७, निर्जीवन बीमा १०३.४८, उत्पादन तथा प्रशोन १५.२७, माइक्रोफाइनान्स १४.५८, जीवन बीमा समूहको उपसूचक १२९.५६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा अजोड इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । अजोडको ९ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

कम्पनीको ८ करोड ९१ लाख १४ हजार ८७७ रुपैयाँ रहेको छ भने दोृस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड २३ लाख ३८ हजार ५८२ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु