आशा लघुवित्तले लगानीकर्तामा ल्याएन आशा, घट्यो नाफा



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लगानीकर्तामा आशा जगाउन नसक्ने देखिएको छ ।

आशाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाको नाफामा ३.७४ प्रतिशतको गिरावट आएर ३ करोड ८१ लाख २ हजार रुपैयाँ रहेको छ । अघिल्लोे आवको सोही अवधिमा ३ करोड ९५ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

संस्थाको नाफामा गिरावट आएपनि खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा मा सुधार आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ११ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा १६ करोड ४५ लाख २८ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफामा पनि ३ करोड २४ लाख ९८ हजारबाट बढेर गत आवको चौथो त्रैमासमा आईपुग्दा ७ करोड ९९ हजार रुपैयाँ रहेको छ ।

२३ करोड २२ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा ७ करोड ४५ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा १.४९ प्रतिशतबाट बढेर २.९८ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९ पैसा रहेको छ ।


क्लिकमान्डु